भूकम्पपछि बानेश्वरमा सभासदहरुको भागाभाग

431 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २९ वैशाख । व्यवस्थापिका संसद्को आजको बैठक भूकम्पको झट्कासँगै बुधबारसम्मका लागि स्थगन भएको छ ।

वैशाख १२ गतेको भूकम्पबाट भएको जनधनको क्षति र सर्वसाधारणलाई राहत बाँड्न र  पुनःनिर्माणमा जुट्न सरकारले प्रस्तुत गरेको सङ्कल्प प्रस्तावमा छलफल भइरहँदा एकपछि अर्को भूकम्पको धक्का महसुस भएपछि सदनको कारबाही स्थगन भएको हो ।

भूकम्पसँगै बैठक कक्षबाट सांसद्हरू अत्तालिँदै बाहिर निस्किएका थिए । त्यसबेला सभाको अध्यक्षता प्रतीक्षा तिवारीले गरिरहेकी थिइन ।

भूकम्प गएका बेला सांसद विष्णु पौडेलले विपत्तिको सामना साहसका साथ गर्नुपर्ने बताइ रहेका थिए ।

आजको कार्यसूचीमा राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति गठनसम्बन्धी छलफलमा सभामुखलगायत अन्य दलका नेताहरु सहभागी थिए ।

आजैको बैठकले उक्त प्रस्ताव पारित गर्ने कार्यसूची निर्धारण भएको थियो । प्रस्तावमाथिको छलफलमा आफ्ना अभिमत राख्न ६६ जना सांसदले नाम लेखाएका थिए ।