एमालेले स्वयंसेवक परिचालन गर्ने

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadएमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जिल्लाहरुमा वर्षात्अघि नै अस्थायी घर, टहरा बनाउन व्यवस्थितरुपमा स्वयंसेवक परिचालनको योजनाका साथ काममा जुट्न आह्वान गर्नुभएको छ । उहाँले युवा, विद्यार्थी र अन्य विभिन्न क्षेत्रबाटस्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर सन्देशमूलक ढंगले काम गरिरहेको, तर योजनाबद्ध र व्यवस्थितरुपमा पार्टीले यस कामलाई अघि बढाउन जरुरी रहेको बताउनुभयो । नेकपा एमाले महाभूकम्प पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिको बैठकलाई निर्देशन दिंदै ओलीले एमालेले भूकम्प पीडितप्रति पूर्ण सर्मपित हुने बताउनुभयो । समितिका संयोजक तथा पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय परिसरभित्र त्रिपालमुनि बसेको बैठकमा ओलीले करिब ७ लाख घर, सात हजारभन्दा बढी विद्यालय भवनहरु र उल्लेख्य रुपमा सरकारी कार्यालयहरु क्षतिग्रस्त भएकाले करिब २० लाख बण्डल जस्तापाता आबश्यक पर्ने बताउनुभयो । एमालेले स्वयंसेवक परिचालनको व्यवस्थित मोडालिटी बनाई अविलम्ब निश्चित अवधि तोकेर प्रभावित क्षेत्रमा पठाउने र सरकार तर्फबाट परिचय–पत्र उपलब्ध गराएर खटाउने निणर्य पनि गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।