भूकम्पछिका पराकम्पन जारी

462 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

१२ वैशाखको भूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन । मंगलबार आएको ठूलो झट्कापछि घट्दो क्रममा रहेको पराकम्पन फेरि बढेको छ । अघि ३ बजेर २० मिनेटसम्म पाँच पटक पराकम्पन भइसकेको छ । ती मध्ये चारवटा दोलखामा र एउटा सिन्धुपाल्चोकमा पराकम्पन भएको भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा केन्द्रविन्दु बनाएर विहान १२ः१६ बजे ४.३, ३ः१३ बजे ४.१ र ४ः२३ बजे ५ म्याग्निच्यूडको भूकम्प गएको छ । यस्तै, विहान ८ः५२ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युड र विहान ९ः६ बजे दोलखा केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ । दिउँसो ३ बजेर २० मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ । हिजो ४ म्याग्निच्युड भन्दा माथिका १७ पराकम्प आएको भूकम्प मापनकेन्द्रले जनाएको छ ।