भूकम्पका कारण आठ हजार दुई सय पचासको मृत्यु

444 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३१ वैशाख – गत वैशाख १२ गते र २९ गते गएको भूकम्पमा परी आठ हजार २५० जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारी अनुसार वैशाख १२ गतेको भूकम्पबाट आठ हजार १५४ र २९ गतेको भूकम्पबाट ९६ जनाको मृत्यु भएको हो ।

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म पूर्ण क्षति हुने सरकारी कार्यालयको सङ्ख्या ६७३ र आंशिक क्षति भएका कार्यालयको सङ्ख्या एक हजार ७४२ रहेको छ ।

भूकम्पबाट सर्वसाधारणका चार लाख ७९ हजार ३०८ घर पूर्णरूपमा क्षति भएका छन् भने दुई लाख ६३ हजार २६ घर आंशिक क्षति भएका छन् ।