मन्त्रीहरू भूकम्प प्रभावित जिल्लामा -धादिङमा उर्जा मन्त्री ज्ञवाली
457 पटक पढिएको

धादिङ- भूकम्प प्रभावित जिल्लामा राहत वितरण, शीघ्र पुनर्लाभ, पुनःस्थापना तथा पुनर्बासससम्बन्धी काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न मन्त्रिपरिषद्का सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार बढीमा सात दिनका लागि उपप्रधानमन्त्रीद्वय र ११ जना मन्त्रीलाई जिल्ला तोकिएको छ।
उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई काठमाडौँ उपत्यकाका तीन जिल्ला, वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यलाई तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत र बाग्लुङको जिम्मेवारी दिइएको छ।

यसैगरी भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानालाई दोलखा, कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सिन्धुपाल्चोक, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई रसुवा र नुवाकोट, महिला बालबालिका तथा समाजकल्याणमन्त्री निलम केसीलाई चितवन र मकवानपुर, उद्योगमन्त्री महेश बस्नेतलाई रामेछाप र सिन्धुली तथा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई गोरखाको जिम्मेवारी तोकिएको छ ।
मन्त्रिपरिषद्का ११ जना सदस्यलाई तोकिएका स्थानबाहेकका क्षेत्रको अनुगमन उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले गर्नेछन्।