भूकम्पका कारण १९ जिल्लाका ५४७ ठाउँमा पहिरो

794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) ले दिएको तथ्यांकअनुसार पहिरोको अति जोखिममा रहेका ६ जिल्लामा गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखा छन् । थप १३ जिल्लामा पनि भूकम्पका कारण पहिरो गएको छ ।

11218763_10200556706477485_7069562976727989951_nभूकम्पका कारण रसुवामा सबैभन्दा बढी पहिरो गएको छ । रसुवामा मात्रै १६० वटा पहिरो गएका छन् । त्यस्तै गोरखा जिल्लामा मात्रै भूकम्पका कारण १३५ सुख्खा पहिरो गइसकेका छन् ।

धादिङमा ७७ ठाउँमा पहिरो गएको छ । मनाङमा ४२ ठाउँमा पहिरो लडेको छ । त्यस्तै नुवाकोटमा २३ र सिन्धुपाल्चोकमा ६२ ठाउँमा पहिरो गएको छ ।

मकवानपुर, ललितपुर, ओखलढुंगा र रामेछापमा दुई/दुई वटा पहिरो गएका छन् भने काभ्रे र सोलुखुम्बुमा एक/एक स्थानमा पहिरो लडेको इसिमोडको प्रारम्भिक विश्लेषण छ ।

भूकम्पका कारण म्याग्दीमा ३ वटा र मुस्ताङमा ५ पहिरो गएका छन् भने कास्कीमा ३, लमजुङमा ६, नवलपरासीमा ३ र चितवनमा २ वटा पहिरो गएका छन् ।