भूकम्प पछीको उद्दार कार्यमा धादिंग काठमाण्डौ सम्पर्क मञ्च सक्रिय

1173 पटक पढिएको

१८ जेष्ठ २०७२, सोमबार ११:३९ सम्पादक: धादिङ न्यूज

बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारणले क्षतीग्रस्त भएको संरचनाहरु पुन: निर्माण तथा धराप भएको संरचनाहरु भत्काउने राहात सामग्री संकलन तथा वितरण कार्यमा मूल पार्टी नेकपा एमाले को निर्देशन संगै धादिंग काठमाडौँ सम्पर्क मञ्चको सक्रियता बढेको छ |

s1 मंचका पदाधिकारी तथा सदस्यहरु काठमाण्डौ, नुवाकोट, ललितपुर, भक्तपुर तथा धादिंग जिल्लाकै विभिन्न भूभागमा गएर सरिरिक श्रम तथा भूकम्प बाट पिडित भएका सर्बसाधारणहरुको मनोबल बृदी गर्ने कार्य गर्दै आएको सम्पर्क मंचका पदाधिकारी तथा सदस्यहरुले बताएको छ | पूर्ण रुपमा उद्दार तथा पुन: निर्माणको कार्य सम्पन्न नभए सम्म धादिंग काठमाडौँ सम्पर्क मञ्चको यो जुझारुपन नहराउने  सम्पर्क मंचले बताएको छ |