भूकम्प पिडित पत्रकारलाई जस्तापाता

535 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

palung kaka patrakaarमकवानपुर–फरकसोच फेसबुक अभियानबाट संकलित रकमबाट मकवानपुरको उत्तरी क्षेत्रमा क्रियाशील ११ जना भूकम्प पिडित पत्रकारहरुलाई सोमबार जस्तापाता वितरण गरिएको छ । फेसबुकबाट पत्रकारहरुका लागि सहयोग आव्हान गरेपछि मकवानपुर उत्तरी क्षेत्रका पत्रकारहरुका लागि सहयोग जुटेको हो । पत्रकारहरुलाई सोमवार रेडियो आवाजमा एक कार्यक्रमको आयोजना गरी फरकसोच अभियान्ता यादवजंग रायमाझीले प्रत्येक पत्रकारलाई एक बण्डलका दरले जस्तापाता हस्तान्तरण गर्नुभयो । फरक सोच अभियानले उत्तरी मकवानपुरको थाहा नगरपालिकाका ४५ परिवारलाई पनि ६÷६ पाताको दरले जस्तापाता वितरण गरेको छ । कार्यक्रममा फरक सोच अभियानका जयन्ती रायमाझी, सुरज भुजेल, रामकुमार कार्की लगायतकाको उपस्थिती रहेको थियो ।