सैनिक श्रीमतीसङ्घद्वारा राहत सामग्री वितरण

434 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – सैनिक श्रीमती सङ्घले भक्तपुरको पौवा भञ्ज्याङ क्षेत्रका दुई सय भूकम्पपीडित परिवारलाई साहत सामग्री वितरण गरेको छ ।

सङ्घका अध्यक्ष रोहिणी राणा नेतृत्वको टोलीले पीडितलाई पे्रसरकुकर, पीठो, त्रिपाल, चिनी, तेल, चाउचाउ, पानी, ‘डाईपर, मास्क’ र लत्ताकपडा वितरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आजै नेपाली सेनाले भूकम्पप्रभावित रामेछाप, गोरखा, धादिङ र खोटाङका विभिन्न भागमा पाँच हजार चार सय ६० किलोग्राम खाद्यान्न र पाँच हजार छ सय किलोग्राम अन्य राहत सामाग्री ढुवानी गरेको छ ।

सेनाले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर, चाँगुनारायण मन्दिर, नारायण मन्दिर र इन्द्रायणी इलाकाको पुरातात्विक महत्वका संरचनाको भग्नावशेष व्यवस्थापन गरिरहेको उक्त निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।