जापानमा बस्ने नेपालीको सहयोगमा ज्यामरुङमा राहत

738 पटक पढिएको

सम्पादक: Dhading News

jhulधादिङ – नेपाली काँग्रेस धादिङ पोखरा सम्पर्क सदन कास्कीद्वारा राहत वितरण गरेको छ । धादिङ जिल्ला ज्याारुङ गाविसमा ६ सय थान झुल वितरण गरेको सदनका सचिव माधव लम्सालले जानकारी दिनुभयो ।
सदनका सभापति केदार धमलाको नेतृत्वमा गएको टोलीले ज्यामरुङ गाविसका विभिन्न वडामा झुल वितरण गरेको शंखादेवी उच्च मावि विद्यालय व्यवस्थाप समितिका अध्यक्ष एवं समाजसेवी फणिन्द्रप्रसाद धमलाले बताउनु भयो । सम्पर्क सदनले महाभूकम्पमा पीडित भएका ज्यामरुङ वासीलाई लामखुट्टेबाट बचाउन जापानमा बस्दै आएका नेपालीहरुको समूह फुकुओका नेपाल सोसाईटीको सहयोगमा पोखरा–७ निवासी सोसाइटीका कोषाध्यक्ष नविन अधिकारी लगायत समूहको सहयोगमा उक्त झुल वितरण गरेको सदनका कोषाध्यक्ष दिपेन्द्र थपलियाले बताउनु भएको छ ।
उक्त झुल वितरणले गरिव एवं पीडितलाई राहत मिलेको शंखादेवी उमाविका शिक्षक चन्द्रबहादुर लम्सालले खुसी ब्यक्त गर्दै सिङ्गो ज्यामरुङको विकासमा एकजुट हुन सवैमा अनुरोध समेत गर्नुभएको थियो । जापानमा रहेर आफ्नो श्रम र आम्दानीको वेवास्ता समेत गरेर नेपाल प्रतिको मायाँले सहयोग गरेको जापानमा रहँदै आएका सोसाइटीका उपाध्यक्ष पुरुषोत्तम सिग्देल बताउनुहुन्छ । गोलाभञ्ज्याङ, वाँडा गाउँ, चामभञ्ज्याङ, वोसी गाउँ, धमला गाउँ, सल्ले, गैह्री गाउँ लगायत क्षेत्रमा वितरण गरेको उक्त झुल सदुपयोग गरेर प्रयोगगर्न सुझाव दिईएको थियो ।