कुवेतमा वेपत्ता भनिएकी रेणुका तामाङ सकुशल

1059 पटक पढिएको

२१ जेष्ठ २०७२, बिहीबार २१:०३ सम्पादक: धादिङ न्यूज

renukaa tamaangकुवेतमा वेपत्ता भनिएकी रेणुका तामाङ सकुशल रहेकी छिन्। उनी दुई महीना (यही रमज़ान)पछि घर जाने तयारीमा रहेको बताउँदै घर परीवारलाई नआत्तीन अनुरोध गरेकी छन्।
करिब तीन साता पहिले “दिदी तीन वर्षदेखि कुवेतमा बेपत्ता छिन्, खोजी गरिपाउँ’ भन्ने समाचार अनलाइनमा प्रकाशन भएपछि नेपाली दुतावास कुवेतले भिसा प्रमाणीकरणको कागजातका आधारमा खोजी गर्दा दूतावासको सम्पर्कमा आएकी हुन।
कुवेत आएदेखि नै उनी घरेलुकामदारको रुपमा एउटै कपिलको घरमा काम गर्दै आएको र लगातार १३ महीनासम्म कमाएको पैसा घरमा पठाएको तर पैसा ठाउँ नलागेपछि र परिवारले पनि पैसा आवश्यक परेमा मात्र फ़ोन गर्ने गरेको हुँदा बिरक्तीएर पैसा नपठाइ सम्पर्क बिहीन बनेको बताएकी छन सेतोपाटी डट कमको ग्लोवल एडिसनमा खबर छ ।