आज भानु जयन्ती
1377 पटक पढिएको


नेपाली भाषालाई सहज, सरस र आध्यात्मीक भावले विकास गर्न उहांले पु¥याउनुभएको योगदानको संझनामा हरेक बर्ष असार २९ गते भानु जयन्ती मनाइने गरेको छ । भानु प्रतिष्ठानले भानु जयन्तीका अवसरमा साताव्यापी कार्यक्रम पनि गरिरहेको छ । प्रतिष्ठानले देशका विभिन्न शैक्षीक तथा साहित्यीक संघ संस्थाले भानुभक्तको व्यक्तित्व, कृति र योगदानको स्मरणमा आज विशेष कार्यक्रम गरिरहेको जनाएको छ । विक्रम संवत १८७१ को असार २९ गते तनहुंको चुंदी रम्घामा उहांको जन्म भएको थियो । आचार्य नेपालका राष्ट्रिय विभुती समेत हुनुहुन्छ । उहांले संस्कृतमा लेखीएको रामायण नेपाली भाषामा अनुबाद गर्नुभएको थियो भने उहांका बधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला जस्ता कृति निकै चर्चीत् छन् ।