यसरी थाहा हुन्छ फेसबुकमा कसले अनफ्रेन्ड हान्यो

447 पटक पढिएको

सम्पादक: Dhading News

facebook-inc-news-feedएजेन्सी– फेसबुकमा विभिन्न कारण कसैले तपाईलाई अनफ्रेन्ड हानेकै हुनुपर्छ । तर, धेरै साथिहरुको बीचमा कसेले अनफ्रेन्ड हान्यो भनेर तपाईलाई थाहा नहुन पनि सक्छ । तर, अब कसले अनफ्रेन्ड हान्यो भन्ने कुरा थाहा हुने भएको छ ।

नयाँ एपले अब फेसबुकमा कसले अनफ्रेन्ड हान्यो भन्ने कुरा सजिलै थाहा दिनेछ । हु डिलिटेड मी अन फेसबुक नामक सो एपले तपाईको फेसबुम फ्रेन्डलाई निगरानीमा राख्न र अनफ्रेन्ड हानेपछि कसले हान्यो भन्ने तुरुन्तै थाहा दिन्छ ।

यस एपले को साथी फेसबुकमा निस्क्रिय छ, को अनलाईन छ भन्ने कुरा र फोन नम्बर पनि निगरानीमा राख्छ ।

यो एपलाई प्रयोगकर्ताले इन्स्टल गरेपछि आफ्नो फेसबुकसँग कनेक्ट गर्नुपर्छ । सबै फेसबुक साथीकोे लिस्ट भएको मेन्यूमा न्यू, डिलिडेट यु, यु डिलिटेड, डिएक्टिीभेटेड र करेन्ट भन्ने अप्सनहरु आउँछन् ।