दाङका चन्द्रप्रकाश मलेसियामै अस्ताए
654 पटक पढिएको
मलेसिया : रोजगारीका लागि मलेसिया आएका बर्दियाका एक युवाको होस्टलमै मृत्यु भएको छ ।
बर्दियाको डेउटा गाविस-९ का चन्द्रप्रकाश बिकको शब बुधबार उनी सुतेकै होस्टलमा फेला परेको हो ।
जोहोर राज्यको बातु पहात स्थित रामाटेक्स कम्पनीमा कार्यरत बिकको मृत्यु के कारण भएको खुल्न सकेको छैन ।
उनका साथी दाङका कुल खड्काका अनुसार बेलुका सकुशल सुतेका उनी बुधबार बिहान मृत फेला परेका थिए ।
मृतक बिक एक वर्षअघि रोजगारिका सिलसिलामा मलेसिया आइपुगेका हुन् । उनको शब हाल जोहरको सुल्तान अस्पतालमा राखिएको छ ।
–