
विभिन्न अप्ठेराका बाबजुद बेनी रानीले केही शिक्षा लिन सफल भइन् । समाजसेवामा जीवन समर्पित गरेकी बेनी रानीले लैंगिक हिंसा, चेलीबेटी बेचबिखन, वाल विवाह, महिला स्वास्थ तथा शिक्षा लगायतका मुद्धामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन् ।
केही वर्षअघि उनले आफ्नो जिल्लाका अन्य महिलासँग मिलेर गाउँमा पुनः प्रयोग गर्न मिल्ने घाँसको बास्केट उत्पादन शुरु गरिन् र गाउँ तथा विश्व बजारमा विक्री वितरण हुन थाल्यो । जुन अहिले तीनसय महिलालाई आम्दानीको श्रोत बनेको छ । बेनीले स्थापना गरेका बेनी ह्याण्डीक्राफ्ट र स्टेप फाउण्डेसन अहिले महिला सशक्तिकरणका क्षेत्रमा उदाहरणीय संस्था बनेका छन् ।
उनै बेनीका बारेमा बेलायतको लिभरपुलस्थित जोन मोर युनिभर्सिटीमा साक्षात्कर कार्यक्रम गरिएको छ । बेनी रानीसँग युनिभर्सिटीको समाजशास्त्र विभागले साक्षात्कर गरेको हो । कार्यक्रम डा. के स्ट्याण्डिङ र डा. सारा पार्करको पहलमा भएको थियो । सारा लिभरपुलकी नेपाली चेली भनेर परिचित छन् ।
कार्यक्रममा लिभरपुल युनिभर्सिटीका डा हेमराज शर्मा, प्रणयराज शाक्य, बिनु सुबेदी कार्की, प्रतिक्षा पौड्याल, लिभरपुल नेपाली समाजका अध्यक्ष कुमार घर्ति, डा शम्भु आचार्य लगायत स्थानीय लिभरपुलबासीको उल्लेख्य उपस्थिति थियो ।
यतिखेर बेनी रानी बेलायतका विभिन्न शहरमा हुदै गरेका कार्यक्रममा भाग लिंदैछिन् । उनलाई विशेष रुपमा नर्वेका नागरिक डेभिड डर्कनले मद्दत गरिरहेका छन् ।
– नेपाली बुलेटिन डट कमवाट