डा.गाउँलेसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

742 पटक पढिएको

सम्पादक: Dhading News

12067375_888235984586488_1511894304_nधादिङ्बेसि-भाषा,साहित्य,कला र संस्कृतिको प्रबर्द्धन,संरक्षण र उचित बिस्तारको निम्ति बिगत चार बर्षदेखि ३ दर्जन भन्दा बढी सिर्जनात्मक कार्यक्रमहरु सुसम्पन्न गरिसकेको धादिङ सिर्जना प्रतिष्ठान तथा बिद्यालय क्षेत्रमा उदियमान बिद्यालय एड्भान्स एकेडेमीको संयुक्त आयोजनामा धादिङ्बेसिमा एक भाषिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

नेपाली भाषा बचाऔँ अभियानका संयोजक एवम् अभियन्ता तथा वर्णबिन्यासका अध्येता डा.बलदेब अधिकारी गाउँले को सम्मान तथा उहाँसंगको भाषा,वर्णबिन्यास व्याकरणमा केन्द्रित अन्तरक्रिया कार्यक्रममा विभिन्न बिद्यालयका प्रधानाध्यापक,नेपाली बिषयका शिक्षक ,भाषाप्रेमी,पत्रकारहरुको बिशेष उपस्थिती र सक्रिय सहभागिता थियो।

धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समाजसेवी मोहन कुमार श्रेष्ठ रहनुभएको थियो।प्रतिष्ठानका सचिब सुरेश अर्यालले सन्चालन गर्नुभएको कार्यक्रममा आमन्त्रित व्यक्तित्वहरुलाइ एड्भान्स एकेडेमिका डाइरेक्टर/प्रतिष्ठानका सदस्य बिष्णुप्रसाद कोइरालाले गर्नुभयो।बलदेव अधिकारिको साहित्यिक,बौद्धिक एवम् भाषिक योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको कार्यक्रममा उहाँले नेपाली भाषाको बर्तमान स्थिती,व्याकरणिक विश्लेषण तथा वर्णबिन्यासका विविध बिषयमा सहभागिले राखेका जिज्ञासालाई अत्यन्तै बैज्ञानिक र भाषिक नियमनका आधारमा व्यबहारिक दृष्टान्तहरुमार्फत प्रष्ट पार्नुभएको थियो।