मधेसीसँग सहमति हुँदै
495 पटक पढिएको
काठमाडौं –प्रमुख तीन दल र आन्दोलनरत मधेसी दलबीचको वार्ता सकारात्मक बन्दै गएको छ । आन्दोलनको परिस्थितिबाट दुवै पक्ष सुरक्षित अवतरणको खोजीमा रहेकाले केही दिनभित्रै संविधान संशोधन गरी मधेसी दलका केही माग सम्बोधन गर्न लागिएको हो । तर, आइतबार बस्ने संसद् बैठकमा भने संविधान संशोधनको प्रस्ताव जाने छैन । प्रमुख तीन र मधेसी दलरु दुवैले स्वामित्व महसुस हुनेगरी संकल्प प्रस्तावमार्फत ंविधान संशोधन गर्न दलहरुबीच छलफल चलेको छ ।
मधेसी मोर्चाले उठाउँदै आएका सातमध्ये दुईवटा मागमा प्रमुख दल सहमत भइसकेका छन् ।र, अर्को प्रदेशको सीमांकनसम्बन्धी मागमा दलहरु सहमतिको प्रयासमा छन् । अन्य केही मागमा भने प्रमुख दल पूरै असहमत छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गरी मधेसी दलका माग सम्बोधन गर्न सहमति जनाएको थियो ।
मन्त्रिपरिषद् बैठकले कानुन मन्त्रालयलाई संशोधनको प्रस्ताव तयार गर्न निर्देशनसमेत दिइसकेको छ । एमाओवादीका एक नेताा अनुसार प्रमुख दलहरु समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र सीमांनको टुंगो संघीय आयोगबाट लगाउन सहमत भएका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।