राष्ट्रपतिमा लालबाबु पण्डितको चर्चा

414 पटक पढिएको

सम्पादक: Dhading News

lalaकाठमाडौँ २७ असोज । सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैसँग राख्ने भएको छ । सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख पद बाँडने सहमति जुटेको हो । उनीहरुलाई सोही अनुसार निर्वाचनामा उम्मेदवारी दिने पनि सहमति भएको छ ।

राष्ट्रपतिमा एमालेका तर्फबाट तीन जनाको नाम चर्चामा छ । राष्ट्रपतिको उम्मेदवारका रुपमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारीको नाम एमाले बैठकमा छलफल भएको छ । बैठकमा माधवकुमार नेपालले पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए । पछिल्लो समय पण्डितले राम्रो काम गरेर लोकप्रियता कमाएका छन् । एक एमाले नेताले भने, ‘अहिलेको समयमा मधेसी मूलको व्यक्तलाई राष्ट्रपति बनाउँदा राम्रो सन्देश जान्छ । ’आजको नागरिक दैनिकमा खबर छ ।