सत्यदेबी र त्रिपुरेश्वरमा आठ खानेपानी बन्ने

534 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ-उत्तरी धादिङको सत्यदेबी र त्रिपुरेश्वर गाविसमा आठ खानेपानी योजनाहरु एक महिनाभित्र सम्पन्न गर्नेगरि  कोसोक नेपालमा सम्झौता भएको छ ।
सत्यदेबी गाविसका चारओटा र त्रिपुरेश्वर गाविसका चार ओटा योजनाहरु रहेका छन् ।
सत्यदेबी गाविसको नेबी खोला खानेपानी, राकचोक खानेपानी, माहुर खानेपानी, ओखरखोला खानेपानी र त्रिपुरेश्वर गाविसको सिउरेनी खानेपानी, गडाखोला खानेपानी, गणेस्थान खानेपानी र डाडागाउँ खानेपानी योजनाहरु उपभोक्ता समिति, कोसोक नेपाल र अक्साफामका बीच सम्झौता भएको कोसोक नेपालका कार्यक्रम संयोजक प्रज्वल शर्माले बताउनुभयो ।
खानेपानी योजना सम्पन्न भएपछि ३ सय २६ घरका १ हजार ९ सय ५५ जनाले स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् । उपभोक्ताको जनश्रमदान समेत गरि ८९ लाख ४८ हजार एक सय रुपैयाँको लागतमा यि खानेपानी योजनाहरु निर्माण सम्पन्न हुने शर्माले जानकारी दिनुभयो ।
सत्यदेबी र त्रिपुरेश्वर गाविसमा कोसोक नेपालले अक्सफामको साझेदारीमा खानेपानी तथा सरसफाइ कार्यक्रम संचालन गर्दै आएको छ । सबै विद्यालयमा खानेपानी, सबै घरमा शौचालय निर्माण गर्ने र खानेपानीका साना ठूला गरि १४ योजनाहरु संचालन गर्ने योजना रहेको कोसोक नेपालले जानकारी दिएको छ ।