थाइराइड र मधुमेह भएको कसरी थाहा पाउने ?

1792 पटक पढिएको

सम्पादक: Dhading News

 

74396d4df28dc7920a603b714dc5d96dडा. दीपेन्द्र कार्की

पछिल्ला वर्षहरूमा नेपालमा थाइराइड तथा मधुमेहका रोगीहरू दिन प्रतिदिन बढेका देखिन्छन् । पहिले–पहिले उचित परीक्षण नभएर र जनता स्वास्थ्यप्रति सचेत नभएका कारण अस्पतालहरूमा यी रोगीहरू आउन नसके पनि हिजोआज भने यस्ता रोगीहरूको घुइँचो लाग्ने गरेको छ । थाइराइड र मधुमेह रोगले दीर्घकालमा मानव जीवनलाई धेरै थरी असर पु¥याउने कारण यी रोगप्रति सचेतना बढ्दै गएको रोगसम्बद्ध विज्ञहरू बताउँछन् ।

के हो थाइराइड ?

गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा कार्यरत डा. दीपेन्द्र कार्की भन्छन्, ‘घाँटीको अगाडिपट्टि मुनितिर एउटा ग्रन्थी हुन्छ थाइराइड ग्लाल्न्ट, त्यसले हर्मोन बनाउँछ । टी–थ्री र टी–फोर भन्ने त्यो हर्मोनले शरीरको एक्टिभिटिजहरूलाई कन्ट्रोल गर्ने काम गर्छ । त्यो हर्मोन गन्थ्रीले कहिलेकाहीं कम वा बढी बनाउने दुई प्रकारको समस्या हुन्छ ।’ उनी भन्छन्, ‘जस्तो टी–थ्री र टी–फोर भन्ने हर्मोन कम बनायो भने त्यसलाई हाइपो थाइरोडिजम भनिन्छ ।’

डा. दीपेन्द्रका अनुसार अर्कोमा चाहिँ टी–थ्री र टी–फोर भन्ने हर्मोन बढी उत्पादन हुन्छ । त्यसलाई हाइपर थाइराइडिजम भनिन्छ । उनको अनुभवअनुसार नेपालको सन्दर्भमा धेरैजसो कम अर्थात् हाइपो थाइरोडिजम देखिएको छ । ग्लान्टले कम हर्मोन प्रोडक्सन गर्ने अवस्था देखिएको छ ।

किन हुन्छ थाइराइड ?

थाइराइड हुने विविध कारण रहेको डा. दीपेन्द्रको अनुभव छ । भन्छन्, ‘पहिला–पहिला आयोडिनको कमीले यो देखिन्छ भन्ने थियो । तर, आजकल सबैले आयोडिनयुक्त खाना नै खान्छन्, खाँदा पनि किन हुन्छ त त्यो ?’ रिसर्च हुन नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रोजस्तो देशमा धेरैजस्तो अवस्थामा हाम्रै शरीरले त्यो एन्टीबडीहरू बनेर थाइराइड ग्लान्टलाई डिस्ट्र्याई बनाएर हर्मोन बनेको हो कि भन्ने देखिन्छ । तर, कारण यही हो भन्नचाहिँ गाह्रो छ । तर पनि अहिलेको अवस्थामा विभिन्न केमीकलयुक्त खानपान पनि एउटा कारण हुन सक्छ ।’

थाइराइडको उपचार

डा. दीपेन्द्र भन्छन्, ‘थाइराइडको लक्ष्यण देखियो भने हामी टेस्टहरू गराउँछौं । त्यसमा हाइपो वा हाइपर थाइराइड भएको देखियो भने हाइपो थाइरोइडिजमको उपचार भनेको थाइराइड सप्लिमेन्ट गर्ने हो । सरलमा भन्दा थाइराइड हर्मोन जुन ग्रन्थीले बनाउनुपर्ने हो त्यही नै ट्याब्लेटको रूपमा थाइराइड हर्मोन दिने हो ।’ भन्छन्,

‘त्यो जुन शरीरले बनाउनुपर्ने हो त्यही दिन्छौं ।’ जसमा विभिन्न चरण हुने उनी बताउँछन् । १२.५ देखि लिएर १०० भन्दा बढी पनि हुन्छ । डा. दीपेन्द्र भन्छन्, ‘जस्तो टेस्ट लिँदा कत्तिको सिभियर छ रोग त्योअनुसार डोज मिलाएर दिने गर्छौं हाइपोको लागि ।’

त्यसैगरी, हाइपर थाइराइड दुई प्रकारले हुने उनी बताउँछन् । एउटा ग्लान्टलाई चोट परेर भएको जुन स्टोक थियो त्यो धेरै फालेर हुन्छ । अर्को ग्लान्टलाई नै बढी सक्रिय पारेर उपचार गराइन्छ । उनी भन्छन्,

‘यदि, त्यो नष्ट भएर धेरै निस्किएको छ भने त्यसलाई केही उपचार गर्नुपर्दैन । तर, ग्लान्टले नै बढी बनाएको छ भने त्यसलाई रोक्न उपचार गर्न सकिन्छ ।’ थाइराइड स्क्यान भन्नेले कुनचाहिँ प्रकारको थाइराइड हो पत्ता लगाउँछ त्यहीअनुसार उपचार गरिने उनी बताउँछन् ।

थाइराइडका मुख्य लक्ष्यण

मान्छेमा खाना रुचि नहुने, तैपनि मोटाउँदै जाने, डिप्रेसन हुने, अत्यधिक थकान हुनु, कपाल झर्नु, कोलेस्टोरल बढ्नु, महिनावारी गडबढ हुनु, बाँझोपना हुने, खुट्टा सुन्निनु,अत्यधिक दिशा लाग्नु, घाँटी सुक्खा हुनु, मुटुको चाल बढनु, शरीर झमझम गनु, अल्छी हुने, धेरै काम गर्न मन नलाग्ने, महिलाहरूको बेला धेरै रगत बग्नु, जाडो सिजनमा छालाहरू बढी फुट्ने आदि यस रोगका मुख्य लक्ष्यण भएको डा. दीपेन्द्र बताउँछन् ।

थाइराइडको समयमै उपचार नभए के हुन्छ ?

शरीरको सबै अंग चलाउने हर्मोनको कन्ट्रोल यसले गर्ने भएकाले सबै सिस्टममा पछि यसले असर गर्ने डा. कार्की बताउँछन् । भन्छन्, ‘यसको असरको रूपमा नराम्रा खालका डिजिज देखा पर्न सक्छन् ।’ तर, समयमा यसको पहिचान भयो र सप्लिमेन्ट औषधि हामीले गर्न सक्यौं भने त्यसले शरीरलाई धेरै फाइदा पुग्ने उनी बताउँछन् ।

थाइराइड रोगीले के खाने के नखाने ?

यस रोगमा खासै केही बारिरहनुपर्ने चिज नभएको डा. दीपेन्द्र बताउँछन् । तर, बन्दा कोबी, मूला, सलाद आदि खायो भने थाइराइड रोक्ने तŒवहरू कम हुन्छ भन्ने पनि छ । तर, यस रोगीका लागि यो वा त्यो खानोस्÷नखानोस् हामी भन्दैनौं ।

मधुमेह के हो ?

डा. दीपेन्द्र भन्छन्, ‘रगतमा चिनीको मात्रा बढी भयो भने त्यसले शरीरमा नकारात्मक असर देखाउँछ । जसलाई मधुमेह भनिन्छ ।’ मधुमेह रोग शरीरमा एउटा पेन्क्रियाज ग्रन्थी हुन्छ त्यसले इन्सुलिन बनाउँछ । इन्सुलिनको काम खाना खाइसकेपछि खाएको कुरा रगतमा परिणत गर्ने हुन्छ ग्लुकोजलाई युज गर्छ । इन्सुलिनको काम त्यो ग्लुकोजलाई हरेक कोषिकाले इनर्जीको रूपमा लिन मद्दत गर्छ । मधुमेह भन्ने रोगमा कि त इन्सुलिन नर्मल रूपमै बनिरहेको हुन्छ कि त कम बनाउँछ । त्यो आधारमा दुई प्रकारका डाइविटिज भन्छौं, हामी । पहिलोमा कि प्यान्क्रियाजले थोरै मात्रामा इन्सुलिन बनाउँछ । या त बनाउँदै बनाउँदैन । जसले गर्दा शरीरले ग्लुकोज प्रयोग गर्न सक्दैन । त्यसकारण त्यो समस्या देखा पर्दछ । दोस्रो खालको डाइविटिजमा शरीरले इन्सुलिन बनाउँछ । तर, इन्सुलिन शरीरले प्रयोग गर्न सकिरहेको हुँदैन । त्यसलाई जेस्टेस्टनल डाइविटिज भनिने उनी बताउँछन । यो विशेष गरी गर्भ अवस्थामा हुने डा. दीपेन्द्र बताउँछन् ।

मधुमेह भएको कसरी थाहा पाउने ?

सामान्यतया धेरै तिर्खा लाग्नु, धेरै खान मन लाग्नु, पिसाब बढी लाग्नु, कमजोरी आलस्य र थकान महसुस हुनु, घाउचोट निको हुन धेरै समय लाग्नु, दृष्टि धमिलो हुने र हातगोडा पोल्ने, मान्छेमा अरू रोग नभए पनि तौल घट्दै जानेलगायत लक्षण देखिए डाइविटिज भएको हुन सक्छ ।

मधुमेह र अन्य रोगबिच सम्बन्ध

अरू रोगसँग मधुमेहको सम्बन्ध हुन्छ भन्ने हुँदैन । तर, डाइविटिज रोग सँगसँगै अरू रोग पनि भए बढी नकारात्मक असर हुन सक्ने डा. दीपेन्द्र बताउँछन् । डाइविटिज पुरै सञ्चो भइहाल्ने रोग नभएको पनि डा. दीपेन्द्रले बताए । यसलाई औषधि खाएर वा इन्सुलिन लिएर कन्ट्रोलमा राख्न सकिने उनले बताए ।

‘औषधि खाने अनि निको हुन्छ र छाड्ने भन्नेचाहिँ सामान्यतया हुँदैन,’ उनले भने ।

मधुमेहको उपचार पद्धति

डाइविटिज टाइप वान र टु भन्ने छ । टाइप वान जसको इन्सुलिन नै बन्दैन । त्यसको उपचार पद्धति भनेको हामीले इन्सुलिन दिनुपर्ने डा. दीपेन्द्रले बताए । टाइप टु डाइविटिज भनेको सामान्यतया ४० वर्षभन्दा पछिको मान्छेलाई लाग्ने गर्दछ । यसमा मुखबाट खाने ट्याब्लेट दिनुपर्छ कि इन्सुलिन दिनुप¥यो ।

मधुमेहका बिरामीलाई सल्लाह

बिरामीहरूलाई सुगर अथवा चिनी रोग भनेर डराउनुपर्ने र एकदमै नराम्रो असर गर्छ भन्ने जुन जनमानसमा डर फैलिएको छ । त्यो सत्य भएको डा. दीपेन्द्र बताउँछन् । तर, यसले बिस्तारै गरेर असर गर्ने उनी बताउँछन् । त्यही भएर आफूलाई लक्षण देखिएको खण्डमा तुरुन्तै उपचार गराउनुपर्ने उनी बताउँछन् । गोसाइँकुण्ड स्वास्थ्य केन्द्रमा कार्यरत उनले सो संस्थामा आउने सबै बिरामीका लागि सहज परामर्श र उपचारका लागि सदैव सहयोग गर्न तत्पर रहेको पनि जानकारी दिए ।

(राजधानी दैनिकबाट )