दाङमा ७३ वर्षीया वृद्धा महिलाको सामूहिक बलात्कार, दुई जना पक्राउ

164 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । दाङमा वृद्धा महिलाको सामूहिक बलात्कार भएको छ । गएराती ७३ वर्षीया वृद्धाको बसभित्र सामूहिक बलात्कार भएको हो । बलात्कारको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० वर्षीय रेशम बिकलाई प्रहरीले वृद्ध महिलामाथि बलात्कार गरी रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताउनुभयो ।

प्युठान स्वर्गद्वारी नगरपालिकाकी ७३ बर्सिया ती महिला राति अबेर मात्रै तुलसीपुर बसपार्क आइ पुगेकी थिइन् । आरोपित दुई जनाले सहयोग गर्ने वाहानामा ललाइफकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुराएका थिए। त्यसपछि पालैपालो बलात्कार गरीरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।