मलेसिया, – मलेसियामा अवैधानिक रुपमा काम गरेको अभियोगमा जेल सजाय काटिसकेका २१ जना नेपाली कामदार मंगलबार घर फर्किएका छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले हवाई टिकटको खर्च बेहोरेपछि मलेसियास्थित नेपाली दूतावासको पहलमा उनीहरुलाई नेपाल फर्काइएको हो ।
मलेसियाको सेपाङमा रहेको केएलआइए डिपोबाट दूतावासले १० दिनअघि उनीहरुलाई उद्दार गरेको थियो । घरफिर्ती केन्द्रमा रहेका अरुलाई पनि क्रमशः नेपाल पठाइने दूतावासले जनाएको छ ।