दीपेन्द्रसिंह थापाको दोस्रो कवितासङ्ग्रह ‘सहयात्री शब्दहरू’ कृतिसमीक्षा

1021 पटक पढिएको

२ बैशाख २०७३, बिहीबार २१:०७ सम्पादक: धादिङ न्यूज

12966631_1160104864014249_2065935093_nवैशाख, २ -काठमाडौँ। कवि दीपेन्द्रसिंह थापाको दोस्रो कवितासङ्ग्रह ‘सहयात्री शब्दहरू’ कृतिसमीक्षा एवम् सिर्जना प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ। स्रष्टा प्रतिष्ठान नेपालको आयोजना भएको उक्त कार्यक्रममा समालोचक विनयकुमार शर्मा र डा. रेणुका थापाले कवि दीपेन्द्रसिंहको भर्खरै शब्दहार क्रियसन्सद्वारा प्रकाशित कवितासङ्ग्रह ‘सहयात्री शब्दहरु’ कृतिमाथि विवेचना गर्नुभएको थियो। साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. रामप्रसाद ज्ञवाली, पूर्ण विराम, प्रमोद स्नेही, राधेश्याम लेकाली लगायतले मन्तव्य र रचना प्रस्तुत गरेका थिए।