धदिङमा प्रहरीको बिशेष अपरेशन,हत्याको आरोपमा २० बर्ष जेल सजाय सुनाईएका सेम्जोङका टोके तामाङ १५ बर्ष पछी समातिए
725 पटक पढिएको
धदिङ,(धादिङन्युज )। राजमार्ग तथा जिल्ला सदरमुकाम क्षेत्रमा बढ्दै गएको अपराधजन्य घटना न्युनिकरणका लागि धादिङ प्रहरीले हाइवेक्राईम कन्ट्रोल अपरेशन शुरु गरेको छ । राजमार्ग क्षेत्रमा प्रहरी सक्रियता बढेपछि विभिन्न किसिमका घटनाहरुमा समेत कमि आउन थालेको छ ।
राजमार्गक्षेत्रमा बिशेष निगरानी बढेसंगै प्रहरीले गाउं गाउंमा पनि आफ्नो सक्रियता बढाएको छ । यसैक्रममा धादिङको सेमजोङ गाविसमा २०५५ सालमा छिमेकीको हत्या गरेर फरार भएका सेमजोङ गाविस वडा नम्बर ८ का टोके तामाङ पक्राउ परेका छन । २०५५ सालमा छिमेकी दुर्गावहादुर गुरुङको हत्या गरेर फरार रहेका टोकेलाई २०६७ साल जेठ २३ मा जिल्ला अदालत धादिङले दोषि ठहर गर्दै २० बर्ष कैद सजायं तोकेको थियो । अदालतको फैसलापछि पनि खुलेआम हिडडुल गरिरहेका टोकेलाई सोमवार जिल्ला प्रशासन कार्यालयवाट पक्राउ गरी अदालत बुझाईएको प्रहरी नायव उपरिक्षक अशोक सिंहले वताउुनु भयो । तामाङ नाम सच्चाएर अर्को नागरिकता वनाउन जिल्ला प्रशासन आएको सुराकी प्राप्त भएपछि आंफुहरुले निजको पिछा गरेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले मानिस अपहरण तथा ज्यानमार्ने उद्योग अन्र्तगत जिल्लाको मैदीवाट ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । मुस्ताङ जिल्लामा स्याउको व्यापार गर्नका लागि लगानी गरेका काठमाण्डौका नागेन्द्र क्षेत्री र धादिङ मैदीका क्रा लामा बिच साझेदारी हुंदा व्यापारमा घाटा गएपछि क्षेत्रीले लामा संग उठाउनु पर्ने ९ लाख रुपैया उठौतीका लागि लामाको अपहरण गराएको प्रहरीले जनाएको छ । लामालाई अपहरण गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले दार्खा गाविस वडा नम्बर ५ का करण तामाङ,सोही ठाउंका कुन्दन गुरुङ,सत्यदेवी गाविस २ का जेनिश तामाङ, झार्लाङ २ घरभई मुरलीभञ्ज्याङ २ बस्ने धनु भनिने धनवहादुर तामाङ,सिन्धुली जिल्ला दुम्जा ६ का भरत लामा लाई शनिवार मैदीवाट पक्राउ गरीएको थियो । अपहरणमा संलग्न भएका मैदी गाविस वडा नम्बर १ का रक्चा भनिने जिवन तामाङ भने फरार रहेका छन । पक्राउ परेका सबैलाई अपहरण उद्योग तथा ज्यानमार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता गरी जिल्ला अदालत पेश गरेकोमा ६ दिनको म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अपरेशनकै क्रममा प्रहरीले धादिङको बैरेनीवाट लागु औषध गांजा सहित ६ जनालाई पक्राउ गरेको छ । ३ किलो २ सय ४० ग्राम अबैध लागू औषध गांजा सहित पक्राउ परेकाहरुमा बैरेनी ८ क ि७० बर्षिया सुकमाया श्रेष्ठका साथै दिपक विक, अजय श्रेष्ठ,नरेशकुमार काराखेती,सरोज अधिकारी र रविन्द्र गहतराज रहेका छन ।
असार १२ गते पक्राउ परेका सबैलाई जिल्ला अदालतमा पेश गरिएकोमा उनिहरु सवैलाई सात दिनको म्याद थप भै अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।