नेपाली बैंक ,पुजि बजार र सरकारी नीति
4851 पटक पढिएको
-दिपक सिम्खडा
नेपालको केन्द्रिय बैंक को रुपमा रहेको नेपाल राष्ट्र बैंक N RB नै बैंक तथा बित्तिय संस्थाहरुको नियामक निकाय हो । ने रा बैंक ऐन २०५८ को निर्देसित निर्देशन अनुशार नेपालमा बैंक तथा बित्तिय संस्थाहरु BFIs सन्चालनमा रहेका छन ।हाल नेपालमा बैंक तथा बित्तिय संस्थाहरुलाइ पुजि संरचनाको आधारमा निम्नानुसार वर्गीकरण गरिएको छ ।
क) बाणिज्य बैंक -क श्रेणी को बैंक – ८ अरब पुजि
ख) बिकस बैंक – राष्ट्रिय स्तर- 2 अरब ५० करोड
बिकस बैंक – ४-१० जिल्ले- १अरब २० करोड
बिकस बैंक – १-३ जिल्ले- ५० करोड
ग) बित्त कम्पनी- राष्ट्रिय स्तर र ४-१० जिल्ले – ८० करोड
बित्त कम्पनी- १-३ जिल्ले- ४० करोड
घ) लघु बित्त बिकास बैंक -घ श्रेणी को बैंक -१० करोड
बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन २०६३ अनुसार ने रा बैंक ले हरेक बैंक तथा बित्तिय सन्स्थाहरुलाइ सन्चालन,ब्यबस्थान,नियमन,दायित्
नेपाल संघीय संरचनामा गैसकेपस्चात हाल नेपाल राष्ट्र बैंक ले बैंक तथा बित्तिय संस्थाहरुलाई प्रत्येक स्थानिय तहमा शाखा पुर्याउनुपर्ने अनिबार्यता गरेको छ। यस बाध्यकारी निर्देशन कतिपय बैंक बित्तिय संस्था लाइ अबसर हुनेछ भने कतिपयलाइ चुनौती रहेको छ । कतिपय बैंक तथा बित्तिय सन्स्था स्थानिय स्तरमा पुगिसकेका छन भने कतिपय पुग्ने स्थितिमा छन ।तोकिएको स्थानमा जान नसक्ने BFIs लाई पुजि बृद्धिमा रोक,बोनस तथा लाभांश वितरणमा रोक,शाखा स्थानान्तरणमा रोक जस्ता सजाय पनि स्पष्ट निर्देशन गरेको छ ।
नेपाली बैंक र पुजि बजार एक अर्काको पर्यायबाची क्षेत्र हुन भन्दा फरक नपर्ला । एक बर्ष भन्दा बढी परिपक्य(Maturity ) अबधी भएका प्रतिभुतिहरु(Securities ) खरिद बिक्रि गरिने बजारलाइ पुजि बजार (Capital Market ) भनिन्छ । दीर्घकालीन पुजि(long term capital ) को परिचालनद्वारा अर्थतन्त्रलाइ उत्पादन्शिल छेत्रमा अग्रसर गराइ प्राप्त प्रतिफललाइ बढी भन्दा बढी ब्यक्तिले उपभोग गर्न पाउने अबसरको सृजाना गर्नु यसको प्रमुख उद्देश्य हो । नेपालमा पहिलो बैंक को रुपमा बि स १९९४ मा स्थपित नेपाल बैंक लि तथा बिराटनगर जुटमिलको शेयर निस्कासन ,नेपाल औद्योगिक बिकास निगम,कृषि बिकास बैंक लि,कर्मचारी सन्चयकोश आदिको स्थापना क्रमसगै पुजि बजारको बिकास भएको पाइन्छ ।पुजि बजारको बिकसित क्रमलाइ क्रमिक रुपले नियल्दा २०२१ म सरकारी ऋण पत्र जारी,२०३३ मा नेपाल शेयर मार्केटको स्थापाना,२०५० मा धितोपत्र बोर्ड को स्थापना,२०५० मै ब्रोकरबाट औपचारिक कारोबार तथा NEPSE परिसुचक गणना शुरु, २०७० मा केन्द्रीय निक्षेप सेवा प्रणाली CDSC को प्रारम्भ, २०७४ मा C-ASBA को प्रभाबकाारी प्रयोग तथा निकट भबिश्यमा नै पुजि बजारमा विद्युतीय प्रणाली (online system of share transactions )लागू हुने अबस्था आदि बिकसित रुप देख्न सकिन्छ ।जसबाट नेपाली शेयरबजारमा प्रतिभुतिहरुको सहज कारोबार भैरहेको छ ।
नेपालिहरुको आम्दानिको केही बचत हिस्सा यहि पुजि बजारमा लगानी गरेको देखिन्छ ।पुजि बजारमा खासगरी महिला गृहिणीहरुको ठुलो सहभागिता देखिन्छ ।यसमा शिक्षिक,सेना,पुलिस,बैंकर,ब्
(क) बैंक/वित्तिय संस्था (BFIs) मा तरलता अभाव हुनु ।
(ख) मार्जिन लेण्डिङको ब्याजदर अधिक हुनु ।
(ग)मार्जिन लेण्डिङ कर्जाको कर्जा मुल्य अनुपात (LTV ratio) मा कडाई गरिनु ।
(घ) ने.रा बैंकको पुजी वृद्धि दवावले बैंक बित्तीय संस्थाहरु बोनस तथा हकप्रद सेयरको बाटो रोज्दा सेयर संख्या को आपूर्ति पूंजी बजारमा अधिक हुनु ।
(ङ) आपूर्ति अनुसार लगानीकर्ताहरु त्यती आकर्षित हुन नसक्दा माग पक्ष कमजोर बन्नु ।
(च) पूंजी बजारमा विद्युतीय प्रणाली ( Online system) तत्काल लागु गर्न नसक्नु ।
(छ) सरकारले विकास निर्माणमा उल्लेख्य खर्च गर्न नसक्नु ।
(ज) पूंजी बजारको बारेमा सरकारको स्पष्ट धारणा नआउनु ।
झन्डै देशको २ बर्ष बराबरको बजेट रहेको पूंजी बजार ( capital market ) लाई दीगो विकास र विस्तार गर्न विस्व बजार सम्म नेपाली पूंजी बजारलाइ पुर्याउने ,आर्थिक समृद्धिको एउटा पिलरको रुपमा विकास गर्न सरकारले पूंजी बजारको स्पष्ट निति बनाउनु आवश्यक छ। राज्यले पूंजी बजारलाई व्यवस्थित गर्न सके मात्र अन्य उत्पादन क्षेत्रमा लगानी बढाउन सकिन्छ । पूंजी बजार बढ्न सके मात्र क्रय शक्ति वृद्धि हुन्छ, अन्य उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन सक्छन ।राज्यले पूंजी वृद्धि गर्न सकिने औजारहरुको विकास गरि उदार अर्थनीति स्पष्ट घोषणा गर्न जरुर देखिन्छ।
देशले सम्पुर्ण राजनीतिक मुद्दाहरु किनारा लगाईसकेको वर्तमान परिप्रेक्षमा निरविकल्प आर्थिक वृद्धि २(दोहोरो) अंकको बनाउन सम्पुर्ण अस्त्रहरु प्रयोग गरि मुद्रा वजार र पूंजी बजारलाई एक साथ लानुपर्ने अर्थमन्त्री ,गभर्नर ,तथा योजना प्रमुखको प्रमुख भुमिका रहने कुरामा संका छैन ।
-सिम्खडा प्रभु बैंक लि.केन्द्रिय कार्यालयमा कार्यरत हुनुहुन्छ ।