मध्यमाञ्चलका स्वास्थ्यकर्मी पुरस्कृत
500 पटक पढिएको
भक्तपुर /मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत १९ जिल्लामा कार्यरतमध्ये १० जना स्वास्थ्यकर्मी, स्वयमसेवी र स्वास्थ्य संस्थालाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले भक्तपुरमा पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरुमा काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ भेक्टर कन्ट्रोल निरिक्षक गीता आचार्य, राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरकी सिनियर अनमि सुशिला बज्राचार्य, रौतहटका मेडिकल अधिकृत डा.कौशल आलम, वागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र पर्साका ल्याव टेक्निसियन मकेश्वर शाह रहेका छन् ।
यस्तै बाराका कार्यालय सहयोगी राजेन्द्र मण्डल, दोलखाका महिला स्वास्थ्य स्वयमसेविका पद्मा जिरेल, रसुवाका सिनियर अहेव रामशण मरहठ्ठा, लालवन्दी प्राथमिक स्वास्थ्य केन्द्रका अहेव दिनेशकुमार सिहंका साथै नौबिसे स्वास्थ्य चौकी धादिंग र नेपाल क्षयरोग निवारण संस्था चितवन रहेका छन् । उनीहरुलाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा.श्यामराज उप्रेतीले दोसल्ला तथा प्रशंसापत्रबाट सम्मानित गरेका थिए ।
आर्थिक वर्ष २०६९।०७० मा मध्यमाञ्चल विकास क्षेत्रभरी उत्कृष्ट कार्य गरेवापत उनीहरुलाई मध्यमाञ्चल विकास क्षेत्रले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको क्षेत्रीय क्षयकुष्ठ अधिकृत विष्णु जैशीले बताउनुभयो ।