धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन
1277 पटक पढिएको

सिड्नी ( अष्ट्रेलिया) । धादिङ जिल्लाबाट अष्ट्रेलियामा गई विभिन्न पेशामा आवद्ध नेपालीहरुको हक हितका निम्ति स्थापना भएको धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न साधारणसभाले थपलियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र नेपाल, सचिवमा राधिका बानिया र कोषाध्यक्षमा विश्व थपलिया चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा दिनेश कार्की, दीपा अधिकारी, सुनिता त्रिपाठी, इभा अधिकारी, प्रभातकिरण नेपाल, दीपक खनाल, रामचन्द्र शर्मा, कपिल सिंखडा, शरद दाहाल, सुमन परियार र अनुपजङ्ग बानिया रहेका छन् ।
समाजको सल्लाहकारहरुमा मुरारी लम्साल, सन्तोष पाण्डे, जनक पाण्डे, प्रतिक्षा पाण्डे, दयाराम सिँखडा, उदय लोहनी, अर्जुन केसी र हरि अधिकारी रहेका छन् ।
नयाँ कार्यसमिति घोषणापछि अध्यक्ष थपलियाले समाजले आगामी दिनमा धादिङ जिल्ला र जिल्लावासीका लागि यहाँका नेपालीलाई एकीकृत गरेर सामाजिक काममा अघि बढ्ने बताएका छन् । उनले अन्य राज्य संयोजकहरु पनि छिटै चयन गरिने जानकारी दिए ।साथै, नयाँ नेतृत्वले समाजलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।संस्थागत रुपमा धादिङ जिल्लामा सामाजिक कार्यहरु संचालन गरी समाज प्रतिको उत्तर दायित्व निर्वाह गर्न धादिङ अष्ट्रेलिया समाज सक्रिय रहने नवनिर्वाचित अध्यक्ष थपलियाले धादिङ न्युजलाई वताए ।अष्ट्रेलियामा अध्धयन तथा अन्य कार्यका लागि धादिङ जिल्लाका ५ सय भन्दा बढी पुगेको वताईएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाली समाजकी अगुवा इन्द्रा वन, प्रमुख अतिथि एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, लिवरल फ्रेन्ड्स अफ नेपालका प्रमुख श्री नापित लगायतले धादिङ अष्ट्रेलिया समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न शुभकामना दिएका थिए ।