नेत्रावती डवजोङको कटुन्जेमा नमूना घर हस्तान्तरण कार्यक्रम

2080 पटक पढिएको

सम्पादक: Dhading News

नेत्रावती -धादिङको नेत्रावती डवजोङ गाउपालिका ५ कटुन्जेमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मर्मत तथा पुननिर्माण परियोजनाको प्राविधिक सहयोग, क्यारतासको आर्थिक सहयोग र पौरखी नेपालको आयोजनामा नेत्रावती डवजोङ गाउपालिका वडा नम्बर ५ पुरानो छापमा नमुना घर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो


परियोजना अन्र्तगत २ सय ४८ घरधुरी लाभान्वित भएकोमा २३८ घरधुरिलाइ प्राविधिक सहयोग सहित नमुना घर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सिकर्मी र डकर्मी सम्वन्धी ३० दिने तालिम लिएका २१ जना लाई प्रमाणपत्र वितरण गरिनुका साथै बैदेसिक रोजगारीमा संघ संस्थाको भुमिका विषयक वक्तृत्वकला समेत सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुनेलाई पुरस्कार वितरण पनि गरिएको थियो।


सस्थाले सिकर्मी र डकर्मी तालिम लिए पछि आफुहरुले गाउमै भुकम्पको घर बनाउन बाहिरबाट मान्छेहरु झिकाउन नपरेको र आफुहरुले रोजगार पाएको भन्द्यै खुसी व्यक्त गरेका थिए ।


कार्यक्रममा पौरखि नेपालको संस्थापक अध्यक्ष एवम निर्देशक कृष्णवहादुर गुरुङ , नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ५ का कार्यावाहक अध्यक्ष इश्वर थापा, पौरखी नेपाल परियोजना व्यवस्थापन सचिव राजन धमला , परियोजना सल्लाहकार समितिका कालू गुरुङ, पुरानोछाप टोलसुधार समितिका अध्यक्ष लेख बहादुर गुरुङ , पञ्चकन्या आमा संस्थाका अध्यक्ष एवम प्रतिनिधीहरु, पौरखि नेपाल धादिङ शाखा अध्यक्ष राममाया श्रेष्ठका साथै स्थानीयवासी, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

नमूना घर हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै पौरखी नेपालका केन्द्रीय अध्यक्ष मन्जु गुरुङले पौरखी नेपालले बैदेसिक रोजगार सम्बन्धि जनचेतनामूलक काम मात्र गर्ने होइन बैदेशिक रोजगारमा रहँदा समस्यामा परेकालाई उद्धारको लागि सहयोग गर्ने काम गर्दै आईरहेको छ । साथै संस्थाले पुनः निर्माणको काम र महिला सशक्तीकरणको लागि आर्थिक,राजनैतिक र सामाजिक रुपमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा महिला सशक्तीकरणको लागि कस्तो सहयोगको आवश्यकता पर्छ त्यस्को लागि पहल गर्ने बताउनु भयो ।