मुम्बईमा एक नेपाली परिवारका आठ जनामा कोरोना संक्रमण

2521 पटक पढिएको

२८ चैत्र २०७६, शुक्रबार १९:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौं। भारतको मुम्बईमा बस्दै आएका एक नेपाली परिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण पाईएको छ। अछाम घर भएका ति नेपालीहरुलाई कोरोना भएको पुष्टि भएसंगै उपचारकोलागि भर्ना गरिएको छ।मुम्बईमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्का ति व्यक्ति हुन् जसले नेपालबाट भारतमा गायकागायीका लगेर साँगीतिक कार्यक्रम गर्दै आएका थिए।

सांगीतिक क्षेत्रमा सहकार्य गर्दै आएका गायक तथा मोडल चक्र बमले खड्का परिवारका आठ जनामा कोराना संक्रमण देखिएको सामाजिक सञ्जालमा लामो सन्देश लेखेर जनाएका छन्।

खड्कासहित उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामै संक्रमण देखिएको समाचार छ।

अन्य सम्बन्धित समाचार: भारतमा कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै यस्तै खड्काले पनि फेसबुकमार्फत आफूसहित परिवारका सदस्यहरूमा कोराना भाइरसको संक्रमण देखिएको उल्लेख गरेका छन्। उनले आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर न निस्कन र आफ्नो सुरक्षा आफैं गर्न पनि सुझाएका छन्।