काठमाडौं । स्पेनलाई हराउँदै इंग्ल्याण्डले २१ वर्ष मुनिको युरोकप च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
जर्जियाको बातुमी शहरमा गएराती भएको फाइनल खेलमा इंग्ल्याण्डको २१ वर्ष मुनीको टोलीले स्पेनको सोही उमेर समुहको टिमलाई १–० ले पराजित गर्यो ।
पहिलो हाफको इन्जुरी समयमा कर्टिस जोन्सले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिए । दोस्रो हाफको इन्जुरी समयमा स्पेनले पाएको पेनाल्टी अवसरलाई खेल फालेपछि इंग्ल्याण्डले उपाधि जितेको हो ।
स्पेनका अबेल रुजको पेनाल्टी प्रहारलाई इंग्ल्याण्डका गोलरक्षक जेम्स ट्राफेर्डले रोकिदिए । इंग्ल्याण्डले उमेर समुहको युरोकप जितेको ४० वर्षपछि यो पहिलो अवसर हो । सन् १९८२ र १९८४ मा लगातार दुई पटक यूथ–२१ युरोकप जितेको इंग्ल्याण्डका लागि समग्रमा यो तेस्रो उपाधि हो ।