हराएको एक साता पछि ३ जना बालिका प्रहरीले बुझायो अभिभावकलाई
722 पटक पढिएको
धादिङ, २९ साउन २०८१ । एक साता अघि सदरमुकाम धादिङबेसीबाट हराईरहेका ३ जना वालिका प्रहरीले बाग्लुङबाट उद्धार गरी धादिङ ल्याएर अभिभावकको जिम्मा लगाएको छ ।
धादिङबाट हराएर बाग्लुङमा भेटिएका तीन जना बालिकालाई साउन २९ गते मंगलबार धादिङ प्रहरीले अभिभावकको जिम्मा लगाएको हो ।
बागलुङमा भेटिएका रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङलाई मंगलबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । साउन २३ गतेदेखि हराईरहेका बालिकाहरु साउन २८ गते सोमबार बाग्लुङमा भेटिएका थिए ।
बालिकाहरु बाग्लुङ सम्म कसरी पुगे भन्ने कुराको अनुसन्धान भईरहको प्रहरीले जनाएको छ । सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनिहरु साउन २३ गतेदेखि सम्पर्क विहिन बनेका थिए ।
प्रहरीका अनुसार २ जना वालिकालाई होटलबाट र एक जनालाई ग्रामिण भेगबाट बाग्लुङ प्रहरीले सुरक्षित उद्दार गरेको थियो । हराएका बालिकालाई खोजी गर्न जिल्ला प्रहरी कार्यालय धादिङले देशैभरका प्रहरी कार्यालय, सिमा क्षेत्रका प्रहरी युनिट हरुमा जानकारी गराउनुका साथै सादा पोशाकका प्रहरीहरु परिचालन गरेको थियो ।
बालिकाहरु हराएको जानकारी आएपछि संचार माध्यमले निरन्तर उनिहरुको तस्बिर राखेर समाचार प्रकाशन, प्रसारण गर्दै आईरहेको थियो ।
One thought on “हराएको एक साता पछि ३ जना बालिका प्रहरीले बुझायो अभिभावकलाई”
Comments are closed.
kVcXrjySqpgv