अलविदा ट्विटर, नमस्ते एक्स

192 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बुद्धिमान वाइबा
सन् फ्रान्सिस्को ।  ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाएको छ । आइतबार रातीदेखि ट्वीटरको लोगो परिवर्तन गरिएको हो । ट्विटरका मालिक एलन मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएपनि आइतबारदेखि नै लोगो परिवर्तन गरेको छ । आफूलाई एक्स अक्षर निकै मनपर्ने उनले बताएका छन् ।

आइतवार बिहान मस्कले एक्स लोगो भएको छोटो भिडियो पोस्ट गरेका थिए । उनले गत वर्ष ४४ बिलियन डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर किनेदेखि यो पछिल्लो ठूलो परिवर्तन हो। वेवसाइटमा एक्स डटकम टाइप गर्दा अब ट्वीटर डटकम खुल्छ ।

एक्स् ट्विटरको डेस्कटप संस्करणमा देखा पर्न थालीसकेको छ तर स्मार्टफोन एपमा अझै पनि निलो चरा नै देखिएको छ। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को स्थित ट्विटरको मुख्यालय वरपर कामदारहरूले सोमबार प्रतिष्ठित निलो चराको लोगो हटाउँदै गरेको देखिएका थिए ।