महिला विश्वकपमा आज पनि तीन खेल हुने

128 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं , जारी फिफा महिला विश्वकप फुटबलमा आज बुधबार पनि तीन खेल हुदैछन्। आज जापन र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानाडा र आयरल्याण्डबिच प्रतिस्पर्धा हुन लागेको हो। आजको पहिलो खेलमा समुह सि मा रहेका जापान र कोस्टारिका भिड्दैछन्। खेल न्युजिल्याण्डको फोर्सिद स्टेडियममा नेपाली समय अनुसार बिहान पौने ११ बजे हुनेछ। यस्तै सुमह सि मै रहेका स्पेन र जाम्बियाले दिउँसो सवा १ बजे न्युजिल्याण्डकै इडनपार्कमा खेल्नेछन्। समुह सि मा जापन अंकतालिको पहिलो स्थानमा रहँदा स्पेन दोस्रो स्थानमा छ।
कोस्टारिका र जाम्बिया अंकविहीन छन्। यसैबिच आज समुह बि मा रहेका क्यानाडा र आयरल्याण्डले अस्ट्रेलियाको निव स्टेडियममा खेल्दैछन्। यी दुइ टोलीबिचको खेल बेलुकी पौने ६ बजे हुनेछ। यो समुहमा अस्ट्रेलिया ३ अंकसहित पहिलो स्थानमा रहँदा क्यानाडा र नाइजेरिया क्रमश ः एक÷एक अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। आयरल्याण्ड अंकविहीन छ।