कोलोराडोमा नेपालीहरुको जमघट बाक्लिंदै

239 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अगष्ट १ ,२०२३
अमेरीका –  कोलोराडो अमेरीकामा रहेका नेपालीहरु बिच भेटघाट , एक आफसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले नेपाली जनसम्पर्क समिती कोलोराडो च्याप्टरद्धारा आयोजना गरिएको समर पिकनिक आईतबार सम्पन्न भयो ।

कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कलाकार, व्यवसायी, तथा बा आमा, दाजुभाइ, दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, केन्द्रिय सदस्य गोबिन्द लम्साल, नेपाली कांग्रेशका नेता तथा पूर्व मन्त्री बेनुपराज प्रसाई, बरिष्ठ समाजसेवी पुर्षोत्तम पाण्डे, हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ,  एएनए अमेरीकाका उपाध्यक्ष बिनोद त्रीपाठी, नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, रकी माउन्टेण्ड फ्रेन्स अफ नेपालका अध्यक्ष अर्जुन बगाले, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा  अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला, तमुधी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङ, पा्रध्यापक तथा समाजसेवी विजयराज शर्मा, सखुवासभा अमेरीका जनसम्पर्कका संयोजक बिनोद गौली, नेवा खःलका पूर्व अध्यक्ष प्रेमकाजी श्रेष्ठ, एनआरएन कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष  बासुदेब खनाल, पूर्व अध्यक्ष कुमारजंङ कार्की , पत्रकारहरु सरिता गुरुङ, शिशिर भट्ट, शैलेश पोख्रल, समाजसेवी गंगा चौलागाई आयोजक संस्थाका पदाधिकारी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

दिउसो ३ बजेदखी सांझ ६ः३० बजेसम्म संचालित पिकनिकमा आयोजक कमिटीले घर घरमा नेपाली स्वादको स्वादिष्ट खाना बनाएर ल्याई पिकनिकमा सहभागीसबैलाई निशुल्क उपलब्ध गराएका थिए । उपस्थित दिदी बहिनि दाजुभाईहरुले नेपाली लोकगितमा नाचगान गरि सहभागलिाई मनोरञ्जन प्रदान गरेका थिए ।

संस्थाले सन् २०१२ देखी नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाब बढाउने उद्धेश्यले समर पिकनिक कार्यक्रमको आयोजना गर्दै आएकोमा कोरोनाको कारण २०२० देखी २०२२ सम्म आयोजना हुन सकेको थिएन । यस बर्ष देखि पुःन आयोजना गर्न थालिएको हो ।


यसैगरी हालै सम्पन्न एनआरएन कोलोराडो च्याप्टरको चुनावमा बिजयी तथा कार्यक्रममा उपस्थित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिईएको थियो ।

कार्यक्रमको अन्तमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।