रोनाल्डोको टोली च्याम्पियन्स कपको फाइनलमा प्रवेश

209 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । साउदी अरबियाको अल नासर र अल हिलाल यस वर्षको अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेका छन् ।

बुधबार राति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० ले हराउँदै अल नासर फाइनलमा पुगेको हो । शोर्ताविरुद्धको खेलमा अल नासरलाई विजयी गराउन स्टार खेलाडी क्रिश्चियानो रोनाल्डाले ७६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक रह्यो ।

अल नासरले अब शनिबार हुने फाइनल खेलमा आफ्नै देशको अल हिलालको सामना गर्नेछ । बुधबार भएको सेमिफाइनल खेलमा साउदी अरबियाकै अल शबाबलाई ३–१ ले हराउँदै हिलाल फाइनलमा पुगेको हो ।

फाइनल खेल साउदी अरबियाको तैफ शहरमा रहेको किङ फहद रंगशालामा शनिबार हुनेछ ।