यस्तो बन्यो चलचित्र महानगरको ट्रेलर

161 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । चलचित्र महानगर (वान नाइट इन काठमाडौं)को ट्रेलर सार्वजनिक भएको छ । आगामी भदौ ८ देखि देशभर प्रदर्शनमा आउने उक्त चलचित्रमा कार्म र मेनुका प्रधान प्रमुख भूमिकामा रहेका छन् ।

चलचित्रमा मेनुकाले सपनाको बोझले थिचिएकी युवतीको भूमिका निर्वाह गरेको देखिन्छ । कार्म उनलाई सपनाको बोझबाट बाहिर आउन सघाइरहेका देखिन्छन् । यी दुईका अलावा फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल आदि कलाकारको पनि अभिनय छ ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेका हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन रहेको छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली र नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर हुन् ।