इंग्लीश प्रिमियर लिगमा आर्सनलसँग क्रिष्टल प्यालेस पराजित

167 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेसलाई १–० ले हराएको छ । सोमबार राति प्यालेसको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन मार्टिन ओडेगार्डले ५३ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो ।

खेलको ६७ औं मिनेटमा आर्सनलका डिफेन्डर ताकेहिरो तोमियासु दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो ।

जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानको ब्राइटन र दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।

तिनवटै टोलीको समान ६ अंक भएपनि गोल अन्तरको आधारमा ब्राइटन शिर्ष स्थानमा छ भने म्यान्चेस्टर सिटी दोस्रो तथा आर्सनल तेस्रो स्थानमा रहेको छ ।