पाकिस्तानले पहिलो एकदिवसीयमा अफगानिस्तानलाई हरायो
165 पटक पढिएको
काठमाण्डौ – पाकिस्तानले पहिलो एकदिवसीयमा अफगानिस्तानलाई १ सय ४२ रनले हराएको छ । जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ ओभर २ बलमा ५९ रनमा अलआउट भयो ।
अफगानिस्तानका आजमतुल्लाह ओमरजाई १६ र रहमानउल्लाह गुरबाजले १८ रन बनाए । उसका अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका हरिस रौफले ५ विकेट लिए । शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाहले एक विकेट लिए । त्यसअघि श्रीलंकाको महिन्दा राजपक्ष मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अलआउट भएको थियो ।
पाकिस्तानका इमाम उल हकले सर्वाधिक ६१ रन बनाए । अफगानिस्तानका मुजिबउर रहमानले ३ विकेट लिए । मोहम्मद नाबी र राशिद खानले समान २ विकेट लिए ।
जितसँगै तीन एकदिवसीय खेलमा पाकिस्तानले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि बिहीवार र तेस्रो खेल शनिवार हुनेछ ।