२०२४ को पेरिस ओलम्पिकका खेललाई लिएर पेरिसका बासिन्दा चिन्तित

167 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । फ्रान्सको राजधानी पेरिसका बासिन्दाहरु सन् २०२४ को पेरिस ओलम्पिकका खेलहरुलाई लिएर चिन्तित भएका छन् ।

आयोजक र अन्य अधिकारीहरुले सेइन नदीको फोहोर पानीको कारण गत हप्ता दुई वटा ओलम्पिक खेल रद्ध गरेसँगै स्थानीयहरुले चिन्ता व्यक्त गरेका हुन् । नदीमा प्रदुषणको बढेका कारण सन् २०२३ वल्र्ड एक्वेटिक्स ओपन वाटर स्विमिङ विश्वकप पनि रद्ध गरिएको छ ।

सेइन नदी सफाइ गर्नुपर्ने कुरा धेरै पहिलादेखि शुरु गर्नुपर्ने भएपनि त्यो हुन नसक्दा समस्या उत्पन्न भएको स्थानीयहरुको भनाइ छ । उनीहरुले स्वीमिङका लागि २०२४ सम्म नदी सरसफाई गरेर पूर्ण रुपमा प्रतिष्पर्धायोग्य बन्नसक्नेमा आशंका रहको बताए ।