कोलोराडोमा ४ दिने कन्सुलर सेवा शिबिर सम्पन्न विभिन्न राज्यका ३५० भन्दा बढी नेपाली लाभान्वित

195 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कोलोराडो । अमेरिकामा रहेको नेपाली राजदुताबास वाशिङ्टन डिसीद्वारा आयोजित कोलोराडो राज्यमा रहेका नेपालीहरु लक्षित ४ दिने कन्सुलर सेवा शिबिर सम्पन्न भएको छ। राहदानी हराएका वा नविकरण गर्नु पर्नेहरुका लागि विद्युतिय राहदानी वितरण सम्बन्धी सेवा प्रदानार्थ यो शिबिर सन्चालन गरिएको हो।

सेप्टेम्बर २ देखी सेप्टेम्बर ५ सम्म सन्चालन गरिएको विद्युतिय राहदानी वितरण शिबिरमा झन्डै ३५० भन्दा बढी नेपालीहरुले सेवा प्राप्त गरेका छन्। शिबिरबाट कोलोराडोका मात्रै नभएर बोस्टन, मिनिसोटा, न्यू मेक्सिको, टेक्सस, युटा, क्यालिफोर्नियाका नेपालीहरुले पनि लाभ लिनुभएको थियो।

विनमिन्स्टर कोलोराडोमा रहेको होटल ड्ररी इन् एन्ड सुइटमा आयोजित शिबिर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कोलोराडो च्याप्टरको समन्वयमा सम्पन्न भएको परिषदका निवर्तमान अध्यक्ष रामचन्द्र पन्तले धादिङन्युजलाई जानकारी गराउनु भयो।