रणकालिका मन्दिरमा पुजारीले जर्वजस्ती रकम मागेर हैरान ((भिडियो सहित)

762 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

३१ भदौ २०८०/धादिङ न्यूज

गल्छी( धादिङ) धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको किरान्चोक रणकालिका मन्दिरमा पुजारीले जर्वजस्त भक्तजन संग रकम लिने गरेको भिडियो सार्वजनिक भएको छ । मनोकांक्षा पुरा हुने धार्मिक विश्वासका साथ देशका विभिन्न जिल्लाबाट रणकालिका मन्दिरमा हरेक दिन भक्तजन पुग्ने गरेका छन ।

आफ्नो आस्था र विश्वास अनुसार पुजा गर्न आउने भक्तजन संग  कुनै किसिमको शुल्क नलिने गरेको समितिले स्पष्ट पारेको छ । मन्दिरका पुजारीले समितिको निर्णय भन्दै  रकम उठाएर वद्नाम गराएको रणकालिका मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद अधिकारीले धादिङ न्यूजलाई बताउनु भयो ।

पुजारीले मन्दिरमा भाकल पुजाका लागि आउने भक्तजनसंग समितिको निर्णय भन्दै बोका बलीको रु२००, कुखुरा बलीको रु ६० र अन्य पुजा गर्दा रु१०० रुपैयाँ उठाउँदै आईरहेको पाईएको छ । पुजापाठका लागि मन्दिरमा आउने भक्तजनले स्वेच्छाले जे जति दिन्छन त्यहि मात्र लिन भनेकोमा पुजारीले मनोमानी ढंगबाट रकम असुलेर मन्दिरकै वद्नाम गराएको मन्दिर समिति र वडा कार्यालयले दावी गरेका छन् । मन्दिरमा सरसफाईका लागि वडा कार्यालयले कर्मचारी व्यवस्थापन गरेको र पुजारीले छुट्टै पारिश्रमिक  नपाउने पुजाबाट आएको भेटी समितिले हर हिसाव नखोज्ने गरेकोमा पुजारीले गलत सोच राखी भक्तजनलाई दुःख दिएको समितिका अध्यक्ष अधिकारी बताउनुहुन्छ ।

शुक्रवार चितवन जिल्लाबाट भाकल पु्जाका लागि रणकालिका मन्दिर आएकी एक महिलासंग पुजारीले अपशव्द वोल्दै जर्वजस्ती रकम मागिरहेको देखेपछि मन्दिरमा पुजा गर्न पुगेका गजुरी गाउँपालिका वडा नम्बर ७ जामुनटारका अधिकारी धड्कनले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिएका थिए । अधिकारीले पोष्ट गरेको भिडियो हेरेर सामाजिक सन्जालमा विभिन्न प्रतिकृया आउन थालेपछि समितिले यस बिषयमा धादिङ न्यूज संग कुरा गर्दै संस्थागत धारणा बाहिर ल्याएको हो ।

 

पुजारीको हर्कत सहितको भिडियो क्लिप सार्वजनिक भएपछि गल्छी वडा नम्बर ४ ले पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पुजारीका बिषयमा यस अघि पनि पटक पटक गुनासो आएकोमा सचेत गराएर काम गर्ने अवसर दिएकोमा अब भने उनलाई हटाउनुको विकल्प नभएको वडाअध्यक्ष राजु अधिकारीले बताउनु भयो ।
मन्दिर संरक्षण समिति,स्थानीय सरोकारवाला समुदाय र वडाको प्रतिनिधि सम्मिलित संयुक्त बैठक तत्काल बसेर नयाँ पुजारी राख्ने बिषयमा निर्णय लिईने वडाअध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

धार्मिक,साँस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको रणकालिका मन्दिर किराँत कालमा स्थापना भएको विश्वास गरिन्छ । रणकालिका मन्दिरमा भाकल गरेमा आंफुले सोचेको मागेको पुरा हुने जनविश्वास रहि आएको छ । पहिलेको मन्दिर जिर्ण वन्दै गएपछि स्थानीय समुदायको अग्रसरतामा पुरातत्व विभाग संग समन्वय गरी सोही ठाउँमा नयाँ मन्दिर स्थापना गरिएको छ ।

केही बर्ष अघि सम्म रणकालिका मन्दिरमा पुग्न पृथ्वीराजमार्गबाट पैदलै यात्रा गर्नु पर्दथ्यो । अहिले मन्दिर सम्मै मोटर पुग्ने गर्दछ । थुम्कामा रहेको पुरानो मन्दिर २०७२ को भुकम्प पछि पुर्ननिर्माण गरी थप व्यवस्थित र सुविधा सम्पन्न वनाईएको छ । धादिङ जिल्लाका विभिन्न भागका साथै चितवन, गोरखा, तनहुं,कास्की, मकवानपुर, नवलपरासी,नुवाकोट काठमाण्डौं, ललितपुर र देशका अन्य जिल्लाबाट पनि यो मन्दिरमा भाकल पु्रा गर्न भक्तजन आउने गर्दछन ।

परापुर्व कालमा यो मन्दिर स्थापना हुनुमा कुनै बेला यस क्षेत्रमा दुर्जनहरु उत्पन्न भएपछि झगडा भएको र सो क्षेत्रमा भगवतिको आराधना गरी भगवतीले रक्षा गरेको जनश्रुती अनुसार रणकालिका नाम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम बताउनुहन्छ । गौतम मन्दिर क्षेत्रको वासिन्दा समेत हुनुहुन्छ ।

धार्मिक र एतिहासिक महत्व बोेकेको रणकालिका मन्दीर प्रसिद्ध छ । यो मन्दिरमा वर्षको ६ ओटा तिथिमा मेला लाग्दछ । बाला चतुर्ददशी (बैकुण्ठ चदुर्दशी) दशैको समयमा भव्य पूजा हुने गरेको छ । पृथ्वीराजमार्गको मासटारबाट ६ किलोमिटर र सुत्केरीढुंगाबाट १० किलोमिटर दक्षिणतर्फ रहेको मन्दीर डाडाँमा रहेको पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । बिशेष तिथि र पर्वमा मात्रै होइन मन्दिरमा पुजा गर्न टाढा टाढा देखि दिनहुं मानिसहरु आउने गर्दछन ।


One thought on “रणकालिका मन्दिरमा पुजारीले जर्वजस्ती रकम मागेर हैरान ((भिडियो सहित)

Comments are closed.