एसियन गेम्स: बहराइनसँग नेपाल पराजित
452 पटक पढिएको
काठमाडौं। एसियन गेम्स अन्तर्गतको पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ। आज भएको खेलमा ३–१ सेटले पराजित भएको हो। पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो ।
पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ। इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन्।







