धादिङ समाज कोरियाको अध्यक्षमा सन्तोष अधिकारी

257 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- विभिन्न शिलशिलामा कोरियामा रहेका  धादिङेलीहरुको साझा सस्था धादिङ समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले सन्तोष अधिकारीको नेत्तृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सिम्खडा,उपाध्यक्षमा गायत्री थापा मगर र सन्तमान घले,महासचिवमा रण बहादुर घले,सचिवमा विष्णु विक र दिपेन्द्र सिम्खडा चयन भएका छन् । त्यसै गरी कोषाध्यक्षमा कपिल भण्डारी ,सह कोषाध्यक्षमा हरिशरण काप्री र सदस्यहरुमा भिम तामाङ ,अविन जङ्ग थापा,सुनिल श्रेष्ठ र अमृत आले मगर चयन भएका छन् ।

समाज प्रवासी धादिङेहरुका बिचमा एकता ,समन्वय  र मैत्रिपूर्ण सम्वन्ध कायम गराउँदै  विभिन्न  सामाजिक तथा परोपकारी कार्यमा संलग्न रहँदै आएको छ ।

अधिबेशन सेप्टेम्बर ३० शनिवारका दिन सम्पन्न भएको हो ।