महिला भलिबलमा नेपालले लगातार दोस्रो हार

361 पटक पढिएको

१५ आश्विन २०८०, सोमबार १४:३० सम्पादक: धादिङ न्यूज

ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाललाई दक्षिण कोरियाले ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

नेपालविरुद्धको खेल दक्षिण कोरियाले २५–२१, २५–१४ र २५–११ ले जितेको हो । पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा हारेको नेपाल यो हारपछि समुहबाट बाहिरिएको छ ।

भलिबलको पुरुषतर्फ पनि नेपाल सबै खेलमा पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो ।