एसियाली खेलकुदको क्रिकेटमा नेपाल पराजित

167 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमा पराजित भएको छ ।

मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।

नेपालले ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनायो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । यो नेपाल र भारतबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो।

यो हारसँगै एसियन गेम्समा नेपाली क्रिकेट टोलीको यात्रा पनि टुंगिएको छ ।