एक दिवसिय विश्वकप: न्युजिल्याण्डको जित, इंगल्याण्ड पराजित

125 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शानदार सुरुवात गरेको छ ।

भारतको अहमदाबादमा हिजो सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डले इंगल्याण्डलाई ९ विकेटले हरायो । एक दिवसिय क्रिकेटमा इंगल्याण्ड साविक वजेता टोली हो भने न्युजिल्याण्ड अघिल्लो संस्करणको फाइनलिष्ट हो ।

विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हिजो टस जितेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनकयो । उसका लागि जो रुटले ७७ रन बनाउँदा न्युजिल्याण्डका म्याट हेन्रीले ३ विकेट लिए । जवाफमा २८३ रनको लक्ष्य न्युजिल्याण्डले ३६ ओभर २ बलमा एक विकेट गुमाएर पूरा ग¥यो ।

न्युजिल्याण्डको जितमा सुरुवाती व्याटर डेभोन कनवेले अविजित १ सय ५२ रन जोड्दा राचिन रभिन्द्रले अविजित १ सय २३ रन बनाए । एक दिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र नेदरल्याण्ड्स भिड्नेछन् ।