आईसीसी एकदिवसीय विश्वकप: पाकिस्तानको विजयी सुरुवात

134 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ ।

गएराती हैदरावादमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले शानदार सुरुआत गरेको हो । पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २ सय ५ रनमा समेटियो ।

पाकिस्तानका हरिस राफले सर्वाधिक ३, हसन अलीले २ तथा राहिन खान अफ्रिदी, इफ्तिखार अहमद, मोहम्मद नवाज र शादाब खानले समान एक एक विकेट लिए ।

सुरुआती ब्याटिङ गरेको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अलआउट भएको थियो । मोहमद रिजवान र सउद शकीलले समान ६८ रन बनाएको इनिङ्समा मोहमद नवाजले ३९ र शादाब खानले ३२ रन बनाएको थिए ।

पहिलो खेलमा इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्डले प्रतियोगिताको सुखद सुरुआत गरेको थियो ।