इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग म्यानचेस्टर सिटी पराजित

134 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ । म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइनट र लिभरपुल तथा वेस्ट ह्याम र न्युक्यासलले २–२ गोलको बराबरी खेलेका छन् । वुल्भ्स् र एस्टोन भिल्ला भने एक एकको बराबरीमा रोकिएका छन् ।