एक घण्टाको बाटो पार गर्न दुई दिन सास्ती

597 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । वर्षा सुरु भए देखि नै अवरुद्ध धादिङ जिल्लाका अधिकांश ग्रामीण सडकहरुमा अझै यातायात संचालनमा आउन नसक्दा यात्रुहरु समस्यामा परेका छन् । यातायात संचालनमा आएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गरेर महंगो भाडा तिर्न बाध्य भएका हुन् ।  मर्मतको लागि लाखौ रकम खर्च भैसकेको जिल्लाका दुई दर्जन भन्दा बढि गाविसका सडकमा असार लागेदेखि नै सवारी जान सकेको छैन । सडकमा जमेको पानी र सडक भत्किएर खाल्डोखुल्डी बनेपछि अहिले सडकहरुको अवस्था विजोक बनेको छ । सामान्य वर्Èात सुरु हुदादेखी नै सडकमा सवारी चल्न नसक्दा उत्तरी धादिङको केही गाविसहरुमा खाद्यान्न अभाव देखिन थालेको छ । बर्षात सुरु नहुँदै गाउँ लगिएको सामान पनि सकियो, अहिले लान सकिदैन, एक व्यापारीले भने । ‘अब पनि सामान लान सकिएन भने गाउँका मान्छेलाई नुन खान समेत पर्छ ।’
दैनिक सवारी चल्न नसक्दा सवारीका साधनहरुले एक बोरा सामानकोे सैतिस किलोमीटरको भाडा आठ रुपैया र एकजना यात्रुको भाडा पाँचसय सम्म तिर्नु परेको उनले बाध्यता सुनाए । मोटरसाइकल मात्र चलाउन सक्ने अवस्था भएको भएपनि आफुहरुको लागि केही राहत हुने धादिङ खाल्टेमा किराना पसल गर्दै आएकी मिना श्रेष्ठले भनिन् ।
सडकमा अहिले सवारीका साधनहरु सहज रुपमा चल्न नसक्दा सडक छेउछाउमा ब्यापार चलाएर बस्नेहरु पनी प्रभावित वनेका छन् । हिउँदको बेला संचालनमा आउने तार सदरमुकामबाट नजिकै मानिने धादिङको खाल्टे, मैदी, सल्यानटार, धुवाकोट लगायतका गाविसहरुमा समेत सवारी संचालनमा आउन सकेको छैन ।
विशेष गरी गोर्खाको उत्तरी क्षेत्रबाट धादिङबेसी हुँदै राजधानी आउने एक मात्र छोटो धादिङबेसी देखी आरुघाटसम्म जोड्ने ग्रामीण सडक निर्माण सुरु भएको ३० वर्ष भइसक्दा पनि सवारी सहजै सुचारु नहुदा यात्रु र सवारी चालकहरु दुबैले जोखिम मोल्न बाध्य छन् ।
२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गको रुपमा निर्माण सुरु गरिएको धादिङबेसी सल्यानटार सडक हरेक वर्ष सडक मर्मत सम्भारको लागि एक करोडको हाराहारीमा खर्च भइरहेपनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । ग्रामीण क्षेत्रका बासिन्दाको सास्ती भने जस्ताको जस्तै छ ।
मर्मत संम्भार गर्ने भन्दै जिल्ला विकास समितिले हरेक वर्ष एक करड बराबर बजेट खर्च गरेपनि धादिङबेसी आरुघाट सडकको अवस्थामा अझै सुधार आउन सकेको छैन । यो धादिङको उत्तरी क्षेत्र र गोरखा जिल्लाका विभिन्न गाउँ विकास समिति जोड्ने मुख्य सडक प्रत्येक वर्ष झन जीर्ण बन्दै गएको छ । एक घण्टाको बाटो एकदिनभरीमा पनि पार गर्न नसकिने चालकहरु बताउँछन् ।
पैदल हिँड्दा दुई तीन दिन लाग्ने बाटोमा यातायात अवरुद्ध भएपछि उत्तरी क्षेत्रका आधा दर्जन गाविसमा खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य वस्तुहरु ढुवानीमा कठिनाई हुनुका साथै सदरमुकामका मानिसहरुको सम्पर्क भन्दा टाढै बस्नु परेको स्थानीयको गुनासो छ ।
ठेकेदारको लापरबाही र राज्यको अनुगमन निकाय फितलो हुँदा धादिङका ग्रामीण सडकहरु अवस्था निकै कमजोर देखिएको छ । सडक निर्माणमा स्यानीयबासीको सक्रियता देखिएपनि अनुगमन निकायले ध्यान नपु¥याउँदा सडकको अवस्था विजोग बनेको हो ।
जिल्ला विकास समितिले सडक निर्माणको लागि धेरै खर्च भैसकेको भएपनि डे«न निर्माण गर्न नसक्दा यस्तो सास्ती भोग्नु परेको स्थानीय विकास अधिकारी रमेश न्यौपाने स्वीकार गरे ।      सडक मर्मतमा ठेकेदारहरुको झारा टार्ने प्रवृत्ति र राम्रो ठेकेदार कम्पनीलाई जिम्मा दिन नसक्दा सडकको अवस्था झनै गुणस्तरहिन बन्ने गरेको बताउदै न्यौपानेले यस वर्ष आधा भन्दा बढि योजनाहरुनै कटौती गरिएको जानकारी दिए ।     अघिल्लो वर्षहरुमा सात सयको हाराहारीमा योजनाहरु रहेकोमा यस वर्ष ३ सयमा झारिएको उनले बताए ।
उता स्थानीयबासीहरुले भने सरकारले यस्ता झारा तिर्ने ठेकेदारलाई कारबाही गर्न नसक्दा र निर्माण कम्पनी इमान्दार नहुँदा सडकको अवस्थामा सुधार आउनुको साटो विग्रिदै गएको आरोप लगाएका छन् ।

( कमाण्डर पोस्ट डट कम बाट )