विश्वकप क्रिकेटमा अफ्गानिस्तानमाथि भारतको शानदार जित

177 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अफ्गानिस्तानलाई हराउँदै आयोजक भारतले एकदिवसीय क्रिकेट विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।

बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानमाथि ८ विकेटको शानदार जित हात पार्‍यो । अफगानिस्तानले दिएको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

भारतको जितमा कप्तान रोहित शर्माको १ सय ३१ रन महत्वपूर्ण रह्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अप्mगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन जोडेको थियो । अफगानिस्तानका लागि कप्तान हश्मतुल्लाह शाहिदीले ८० रन बनाए । बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट झारे ।

एक दिवसिय विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल बिहान पौने ९ बजे लखनउमा हुनेछ ।

पहिलो खेलमा श्रीलंकालाई हराएको दक्षिण अफ्रिका प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ भने भारततसँग पराजित भएको अष्ट्रेलिया पहिलो जितको खोजीमा छ ।